अन्ततः जबर्जस्त रुपमा पत्रकार समेत रहेका हलेसी महादेवका गुठियार पुजारी मनोज गिरीलाई गुठी लुटेरा हरुले लगाएको झुठो अभद्र व्यवहार सम्बन्धि मुद्धामा सफाइ पाएरै छाडे !

अन्तत हलेसीपाटीलाइभ डटकमका सञ्चालक तथा पत्रकार समेत रहेका हलेसी महादेव गुठियार पुजारी मनोजकुमार गिरीले सफाइ पाएका छन ।  यस अघि मिति २०८१ साल चैत्र ४ गते मंगलबार २०:२३ बजेको समयमा हाम्रो यही मिडियाले ” खोटाङको प्रसिद्ध हलेसी महादेवको पुजारी एवं पत्रकार माथि राज्यकै संयन्त्र लागेर पटकपटक थुनाउने क्रम जारी ….” भन्ने शिर्षकमा समाचार प्रकाशन भैसकेको हुदा यो बारे स्पष्ट हुन उक्त समयको समाचार हेरेर पूरा जानकारी लिन सकिने भएकाले झुठो मुद्धा दर्ता गराउने र दुख दिने सम्बन्धमा थप लेखिरहन जरुरी ठानिएको छैन ।

खोटाङको चर्चित हलेसी महादेव मन्दिरका गुठी अध्यक्ष समेत रहेका गुठियार पुजारी मनोज गिरीलाई जनप्रतिनिधि , प्रहरी प्रशासन र कानुन विपरीत गुठियार पुजारी हरुको भेटी अक्षता लुट्न तथा सम्मानित सर्बोच्च अदालतको परमादेशको आदेश उल्लंघन गर्दै गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौंले पुजारी हरुलाई अवरोध गर्न निर्माण गरिदिएको कथित नक्कली हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समिति समेतको मिलेमतो र डिजाइनमा जबर्जस्त रुपमा मिति २०८१/९/२५ मा नक्कली मन्दिर समितिका सचीव अग्नीराज राई र सोही समितिका कोषाध्यक्ष पवन परियारले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता गराएर बिना मतलब ०७ दिन हिरासतमा राखेर बयान लिई जिल्ला सरकारी कार्यालय खोटाङ मार्फत बादी नेपाल सरकार भएर जिल्ला अदालतमा दायर भएको “अभद्र ब्यवहार” सम्बन्धि मुद्धामा मिति २०८२/२/०४ गते जिल्ला अदालत खोटाङले गरेको सुनुवाइमा जाहेरी कर्ता पवन परियार समेत भएर दर्ता गराएको मुद्धामा अभियोग दावी पुग्न सक्दैन अर्थात् बादी नेपाल सरकारले लगाएको आरोपको पुष्टि हुन सकेन भन्दै हलेसीपाटीका अध्यक्ष/प्रकाशक समेत रहेका हलेसी महादेव मन्दिरका गुठियार पुजारी मनोज गिरीलाई सफाई दिएको छ । कानुन विपरीत बनेको नक्कली मन्दिर समितिले हलेसी महादेव मन्दिरको अगाडि प्रहरी बिटको छेउमा कुर्सी टेबल र टहरो समेत खडा गरि मन्दिरमा आउने भक्तजन हरु बाट रसिद कटाई चन्दा असुल्ने कार्य गरिरहेको हुँदा सो बारे बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय खोटाङका तत्कालिन सिडिओ शिवकुमार कार्की र इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईलाई समेत भिडियो लाइभ गरेर यस बारे बुझ्ने भनेर स्पष्ट जानकारी दिएरै गिरीले आफ्नो फेसबूक लाइभ सहित समितिले नियुक्ति नै नगरी हचुवामा पैसा असुल्न का लागि राखेको कर्मचारी किसन मोहरा र समितिकै कोषाध्यक्ष पवन परियारलाई रसिद काटिएको बारे सोधपुछ हुँदै थियो । सोधपुछ गर्ने क्रममै पवन परियारले उतिबेला नै फोन कल गरि हलेसी तुवाचुङ नगरपालिका ०७ खोटाङका अध्यक्ष कमल गिरी , इलाका प्रहरी कार्यालय हलेसीका सइ कुलबहादुर मगर , पर्यटन प्रहरी हलेसीका इन्चार्ज (सइ) प्रकाश अधिकारी समेत उक्त स्थलमा आइपुगेका थिए । यो बारे सबै बुझ्न माथि उल्लेख गरिएको मितिको भिडियो लाइभ र अन्य भिडियो , कागजपत्र सहित राखेर प्रकाशन गरेको समाचार हेरे पुगिहाल्छ ।

स्मरण रहोस् गुठी अध्यक्ष समेत रहेका हलेसी महादेवका पुजारी मनोज गिरीले सम्मानित सर्बोच्च अदालतले मिति २०७२ साल फागुन ०२ गते हलेसी महादेव मन्दिरका गुठियार पुजारीको पक्षमा गरेको फैसला विपक्षी हरुले कार्यान्वयन गर्न अटेर गरेको हुँदा सोही सम्मानित अदालतमै “अदालतको अवहेलनामा कारबाही गरि फैसला कार्यान्वयन गरिपाउ” भनेर मुद्धा चलाएकाले पुजारी हरुको गुठी आम्दानी लुट्न बानी परेका हरुको टाउको दुखाइ बनिरहेकै कारण गिरी लाई झुठो मुद्धा दिदै रिस फेर्ने तथा प्रतिशोध साँध्ने काम सर्बोच्च मुद्धाका विपक्षी हरु मध्य बाट भैरहेको छ । यस अघि मिति २०८०/१०/२६ मा गुठी अध्यक्ष गिरीले ०६२ सालमा पुजारी हरु बाट कागज भर्पाइ गरि लिएको महादेवको गरगहना , पुजाआजा सामाग्री , तालाचावी , चल अचल सम्पत्ति लगायत फिर्ता गरि अदालतको फैसला कार्यान्वयनमा सघाउन भन्दै वि सं १८६१ को ताम्रपत्र बाट संस्थापना भएको कानुनको श्री हलेश्वर महादेव गुठी समितिको लेटरहेड र छाप प्रयोग गरि मुद्धा हारेका यही नक्कली मन्दिर समितिका अध्यक्ष गजुरमान राइलाई पत्राचार गरिएकोमा फैसला बमोजिम इमानदार भएर गुठियार लाई सरसामान बुझाउनुपर्नेमा उल्टै जिल्ला प्रहरी कार्यालयमा लिखत सम्बन्धिको कसुर गरेको भन्दै झुठो जाहेरी दर्ता गराएर फोकटमा १६ दिन हिरासतमा राखिएकोमा पछि सरकारी वकिल कार्यालय खोटाङले मुद्धा नचल्ने निर्णय गरि छोडिदिएको थियो । पछि सोही मुद्धालाई महान्यायाधिवक्ताको कार्यालयले समेत सदर गर्‍यो अर्थात् गजुरमानले लगाएको आरोपको पुष्टि हुदैन भन्दै उनै गिरीलाई सफाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार