
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरमा भएको व्यापक अनियमितता र भ्रष्टाचारको विरुद्ध सोही गुठी मन्दिरका गुठियार पुजारी हरुको श्री हलेश्वर महादेव गुठीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा आज पुनः अर्को पूरक निवेदन/उजुरी दर्ता गराएको छ । यस अघि पनि २०८१/०९/१८ गते श्री हलेश्वर महादेव गुठीका अध्यक्ष एवं गुठियार पुजारी मनोज गिरीले सोही आयोगमा उजुरी दर्ता गराएकोमा आयोगको मिति २०८१/०९/२६ गतेको निर्णयले प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि संस्कृति , पर्यटन तथा उड्डयन मन्त्रालय सिंहदरबार काठमाडौं लाई लेखी सक्कलै फाइल पठाएकोमा उक्त मन्त्रालयको मिति २०८१/१०/०७ को निर्णयले आवश्यक कारबाहीको लागि पर्यटन बन तथा वातावरण मन्त्रालय , कोशी प्रदेश मोरङ लाई लेखी पठाएकोमा पर्यटन बन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले सामाजिक विकास मन्त्रालय कोशी प्रदेशलाई आवश्यक कारबाहीको लागि लेखी पठाएकोमा उक्त मन्त्रालयले हलेसी महादेवस्थान विकास समिती (गठन) आदेश , २०८१ सँग सम्बन्धित रहेको र गुठी हेर्ने अधिकार आफ्नो नरहेको भन्दै सोही सक्कलै फाइल लाई पुनः पर्यटन बन तथा वातावरण मन्त्रालय कोशी प्रदेशलाई नै फिर्ता पठाइदिएको थियो ।


यसरी प्रचलित कानुन बमोजिम कारबाही गर्न भन्दै अख्तियारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लेखी आएको सो मन्त्रालयले सक्कलै फाइल लाई आवश्यक कारबाहीको लागि भन्दै कोशी प्रदेश पर्यटन , बन तथा वातावरण मन्त्रालय लाई पठाउदा मन्त्रालयले उजुरीको सक्कलै फाइल आफ्नै मन्त्रालयमा फिर्ता आएपछि संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार काठमाडौंको मिति २०८१/१२/१७ को निर्णयअनुसार उक्त उजुरीको सक्कलै फाइल लाई आवश्यक कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौ लाई बोधार्थ गरि भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार काठमाडौं लाई लेखी पठाएको थियो । गुठियार पुजारी हरुले हलेसी महादेवको मन्दिरमा भइरहेको अनियमितताको बारेमा प्रमाण सहित उजुरी दर्ता गराउदा सम्म न अख्तियारले नै आवश्यक छानबिन गर्यो न त मन्त्रालयले नै । यसरी प्रमाण सहित उजुरी दर्ता गराउदा सम्म पनि सम्बन्धित निकायले प्रचलित कानुन बमोजिम छानबिन गरि भ्रष्टाचारमा संलग्न हरुलाई आवश्यक छानबिन गर्नुको साटो एकले अर्कोलाई जिम्मेवारी पन्साउदै कामबाट भाग्ने काम भैरहेको तथा यस्तो कार्यले उजुरीको विषयमा छानबिन नै नहुने वा ढिलासुस्ती हुने अवस्था आएको भन्दै गुठियार पुजारीको तर्फबाट गुठी अध्यक्ष समेत रहेका गुठियार पुजारी मनोज गिरीले आज पुनः भ्रष्ट हरुलाई कानुन बमोजिम अख्तियारमा अर्को पूरक निवेदन दर्ता गराएका छन् ।

गुठियार हरुले सुरुमा दर्ता गराएको उजुरीमा गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौ , सोही संस्थानका अध्यक्ष , प्रशासक , धार्मिक शाखाका सहायक प्रशाशक , भूमी शाखाका सहायक प्रशाशक , हलेसी तुवाचुङ नगरपालिका कि मेयर बिमला राई , सोही नगरको ०७ नम्बर वडा कार्यालयका अध्यक्ष कमल गिरी , जिल्ला प्रशासन कार्यालय खोटाङ , इलाका प्रहरी कार्यालय हलेसी , हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समिती खोटाङका अध्यक्ष गजुरमान राई , सोही समितिका सचीव एवं हलेसी तुवाचुङ नगरपालिकाका प्राविधिक/ कर्मचारी अग्नीराज राई , कोषाध्यक्ष पवन परियार समेतलाई विपक्षी बनाई अख्तियारमा उजुरी दर्ता गराएका थिए ।


