खोटाङको प्रसिद्ध हलेसी महादेवको पुजारी एवं पत्रकार माथी राज्यकै संयन्त्र लागेर पटकपटक थुनाउने क्रम जारी , प्रहरी र प्रशासनकै मिलेमतोमा हालसम्म पटकपटक गरि ५ पटक थुनियो , भिडियो सहित !

कयौ झुठा मुद्धा चलाउने र थुनाउने क्रम जारी

विगत ३ बर्ष देखि लगातार रुपमा हलेसीपाटी संचार प्रालिका अध्यक्ष संचालक समेत रहेका भ्रष्टाचार विरोधी , सामाजिक अभियन्ता तथा पुर्वकै पशुपति नाथ भनेर चिनिने गरेको खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरका पुजारी एवं गुठी अध्यक्ष समेत रहेका पत्रकार मनोज गिरी माथी राज्यकै संयन्त्र लागेर पटकपटक झुठो जाहेरी दर्ता गराउदै थुनाउने क्रम बढ्दो छ ।

विगत १९ बर्ष देखि भ्रष्टाचार विरुद्धको आन्दोलन थालेका गिरी माथी पहिलोपटक हलेसी महादेव मन्दिरको भेटीघाटी पारदर्शी नभएकाले हरेक हप्ता/महिना सार्वजनिक सूचना पाटीमा मन्दिरको आम्दानी र खर्च विवरण सार्वजनिक गरिनुपर्ने भन्दै चर्को आवाज उठाइएकै कारण त्यसैको प्रतिशोध साँध्नका लागि २०७१ साल फागुनमा होली पर्वको दिन ट्राफिक प्रहरीलाई हातपात गरि सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको भन्दै तत्कालीन प्रहरी चौकी हलेसीका इन्चार्ज/असइ धन बहादुर बस्नेतको प्रहरी प्रतिवेदन , कानुन विपरित हलेसी महादेवका गुठियार पुजारीलाई लुट्न बनेको हलेसी मन्दिर समितिका अध्यक्ष गजुरमान राई , समितिकै अर्का कोषाध्यक्ष हर्कराज राई , हलेसी महादेवको कथित नक्कली पुजारी गोपाल गिरी समेतले हचुवामा (घटना देख्नु न सुन्नु) गरिदिएका घटना विवरणको कागजका आधारमा जिल्ला प्रशासन कार्यालय खोटाङले पक्राउ पुर्जी अनुमति दिए पश्चात् गिरी र उनी सँग साथै रहेका अर्का निर्दोष भतिजो लाई १४ दिनसम्म हिरासतमा सँगै राखेर मनोज गिरीलाई ५ हजार र उनका भतिजलाई रु ३ हजार धरौटी लिएर छाडिदिन भन्दै तत्कालीन सिडिओ गोबिन्द सापकोटाले आदेश गरेपछि १४ दिनपछि प्रतिवादी बनाइएका दुवै जनालाई हिरासत मुक्त गरिएको थियो ।

होलि पर्वको अवसरमा होली पर्व मनाउदै आउने क्रममा प्रहरी चौकी हलेसीमा कार्यरत ट्राफिक प्रहरी नबराज बस्नेत लाई चिया पिउ भनेर प्रस्ताव गरिएको कुरालाई अतिरन्जित गर्दै मन्दिरको भेटीमा चरम लापरबाही गरेर गोजी भर्दै आइरहेका नक्कली मन्दिर समिती लगायतको डिजाइनमा झुठो जाहेरी दर्ता गराई थुनिएको थियो । त्यस समयका सिडिओ गोबिन्द सापकोटा हप्तामा जहिल्यै एकपटक हलेसी आउने जाने गर्दै हलेसी महादेव गुठीको बारेमा सर्बोच्च अदालतले पुजारीको पक्षमा ०७०/०६/१० गते गरेको अन्तरिम आदेशलाई पालना गर्नबाट रोक्ने एक व्यक्ति थिए । हलेसी महादेव गुठीमा कानुन विपरीत समिती बनेको भन्दै सर्बोच्च अदालतले परम्परा बमोजिम गुठी संचालन गर्न तथा हकभोग गर्न गुठियार पुजारी हरुलाई विपक्षी मन्दिर समिती समेतले नरोक्नु नरोकाउनु भन्ने आदेश गरेको थियो ।

उक्त अन्तरिम आदेश बमोजिम मुद्धा जितेका वि सं १८६१ को ताम्रपत्र बाट महन्त पुजारी भएका मनोहर गिरीका सन्तान मध्य पुजारी बम प्रसाद गिरी समेतले गुठी संस्थान , जिल्ला मालपोत कार्यालय खोटाङ , जिल्ला प्रशासन कार्यालय खोटाङ , प्रहरी चौकी हलेसी , मन्दिर व्यवस्थापन समिती , हलेसी महादेवस्थान गाविस हाल हलेसी तुवाचुङ नगरपालिका ०७ नम्बर वडा कार्यालय , हलेसी महादेवस्थान विकास समिती , प्रधानमन्त्री , प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौ , गृह मन्त्रालय , गृहमन्त्री , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतलाई विपक्षी बनाई सम्मानित सर्बोच्च अदालतमा २०७० साल असोज ०३ गते रिट हालेका थिए ।

त्यसो त सम्मानित अदालतको अन्तरिम आदेशको कार्यान्वयन गर्नबाट रोकेका तत्कालिन सिडिओ गोबिन्द सापकोटा उनै व्यक्ती थिए जसले चौतर्फी आलोचना हुदाहुदै पनि अदालतको आदेश विपरीत गजुरमान राई समितिलाई पटकपटक सिफारिस गर्दै समिती बनाउदै कानुनको अवज्ञा गराउदै गुठियार पुजारीको अधिकारलाई रोक्दै गर्ने व्यक्ति थिए । त्यसो त चौतर्फी आलोचनाका बिचमा पनि उनै सिडिओले हलेसी महादेवको थानमा हजारौ टनको कन्कृट युक्त विशाल गुम्बाको निर्माण गर्ने अनुमति दिएर गुम्बा बाट राम्रै खालको आर्थिक लाभ प्राप्त गरेको भन्ने चर्चा अहिले पनि बजारमा राम्रै सँग सुन्न पाइन्छ ।

 

मन्दिरमा भएको चरम लापरबाही , सिडिओले गरेको कानुन विपरितको गतिविधिका बारेमा बोलेको लेखेकै कारण गिरी माथी जबर्जस्ती अभद्रको मुद्धा चलाउदै थुनाउदै गरिएको यो शृङ्खला हालसम्म पनि रोकिएको छैन । भ्रष्टाचार विरोधी अभियान संचालन गरिरहेका पत्रकार मनोज गिरीको विरुद्ध पुनः शिक्षक लोमस निरौलाको जाहेरी तथा प्रनानी गोबिन्द खत्री समेतको प्रहरी प्रतिवेदनले २०७९ साल बैशाख ४ गते लिखत सम्बन्धिको कसुर मुद्धामा काठमाडौ बाट पक्राउ गरि काठमाडौंको बानेश्वर प्रहरी वृत्तमा एक दिन राखी जिल्ला प्रहरी कार्यालयमा २० दिन हिरासतमा राखेर अनुसन्धान गरिएकोमा जिल्ला अदालत खोटाङले ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

त्यस समय पत्रकार गिरीले हलेसी तुवाचुङ नगरपालिका भित्र रहेका अधिकांश सामुदायिक विधालयहरुमा प्रत्यक्ष उपस्थित भएर विधालय , शिक्षक र नगरपालिकाले गरेको चरम लापरबाहीका बारेमा प्रमाण सहित अनलाइन पत्रीका www.halesipati.com मा लगातार समाचार बनाउदै पोस्ट गर्ने देखि लिएर खबरदारी समेत गर्ने काम गरिरहेका थिए । अनलाइन पत्रीकाका संचालक समेत रहेका गिरीले २०७८ साल माघमा मिडिया नविकरण गर्ने शिलशिलामा सूचना तथा प्रसारण बिभाग काठमाडौंमा सम्पादकको शैक्षिक योग्यता पेस गर्ने बेलामा एउटा कागजात पेस हुनुपर्नेमा साइबरको त्रुटी का कारण अर्कै कागजात पेस हुन पुगेपछि गिरी माथी उक्त मुद्धा चलाइएको थियो ।

त्यसो त सूचना विभागले प्रहरीको मा जाहेरी पर्नु भन्दा अगावै गिरीलाई अनलाइन मार्फत सम्पादकको पेस हुन आएको कागजातको विषयमा स्पष्टीकरण सोधिएकोमा गिरीले साइबरको प्राविधिक त्रुटिका कारण भुलबश उक्त कागजात पेस हुन गएको भनी सूचना बिभाग लाई लिखित रुपमै स्पष्ट जवाफ दिइसकेका थिए । मनोज गिरी र उसको हलेसीपाटी अनलाइन पत्रीकालाई कारबाही गरिपाउ भन्दै हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कर्मचारी प्रकाश घिमिरेले सूचना बिभागमा उजुरी गरेका थिए ।

यसैगरी भ्रष्टाचार विरुद्धको अभियानलाई तिव्र रुपले अगाडि बढाइरहेका गिरी माथी पुन २०८० भदौ २५ गते एलोन राइ र असोज १० गते खोटाङ पत्रकार महासंघ खोटाङको छुट्टाछुट्टै बिधुतिय अपराध अन्तर्गतको २ वटा मुद्धा लगातार १०/१० दिनको फरकमा जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन निमित्त प्रमुख समेत रहेका इन्स्पेक्टर बेनु कार्कीले दर्ता गराए पछि गिरीलाई पुनः अनुसन्धानका लागि भन्दै असोज २० गते काठमाडौ बाट पक्राउ गरि ५ दिन हिरासतमा राखी अनुसन्धान गरेपछी जिल्ला अदालत खोटाङले ३ वटा मुद्धाको क्रमश एलोन राइको मुद्धामा ३० हजार , पत्रकार महासंघको मुद्धा र सर्बधन बस्नेतको मुद्धामा २५/२५ हजार गरि जम्मा ८० हजार रुपैया धरौटीमा छाड्न आदेस गरेको थियो । स्मरण रहोस् गिरीलाई २०८०/०६/२० गते काठमाडौमा पक्राउ गर्ने बितिक्कै सोही दिन उनै इन्स्पेक्टर बेनु कार्कीले हलेसी महादेवस्थान विकास समितिमा कार्यरत कर्मचारी समेत रहेका एमालेका कार्यकर्ता सर्बधन बस्नेतको अर्को बिधुतिय अपराध अन्तर्गतको जाहेरीलाई पनि दर्ता गराइदिएका थिए । अदालत समक्ष उनै बेनु कार्कीले पक्राउ पुर्जी अनुमति लिन जाँदा सो समयमा अदालतले पक्राउ गर्नका लागि प्रमाण नपुग्ने भन्दै प्रहरीलाई फिर्ता पठाइ दिएको थियो । नगरपालिकाले एकल महिला , बिधुवा र गरिवलाई निशुल्क रुपमा बिधुतिय इन्डक्स चुलो उपलब्ध गराउने भन्दै नगरपालिका भित्रका लक्षित सबैले फर्म भर्न भन्दै सूचना प्रकाशन गरेकोमा नगरपालिकाले आफ्नै निर्णय र सूचना विपरित पुर्व महिला जनप्रतिनिधि र महिला शिक्षिकालाई खुसुक्क वितरण गरिदिएको कुरा पिडित पक्षले हलेसीपाटी सँग दुखेसो पोखेको कारण तिनै पिडितको पक्षमा आवाज उठाउने उदेश्यले पोस्टमा प्रसंगबस नेपाली बजारमा चलिआएको उखान टुक्का “गरिबलाई दिन्छु नभन्नु , राडीलाई लान्छु नभन्नु ” भनेर पोस्ट हानिएको विषयलाई स्थानिय १७ बर्षिय किशोर एलोन राइले जाहेरी दिएका थिए भने हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ४ को बडहरे लगायतका स्थान हरुमा व्यापक रुपमा खयर काठ तस्करी भएकोमा त्यसको बारे हलेसीपाटीका अध्यक्ष समेत रहेका गिरीले लगातार पोस्ट समाचार बनाइ खयर तस्कर हरुलाई कानुन बमोजिम कारबाही गराउन पटकपटक संजाल मार्फत नै सम्बन्धित निकाय/अधिकारी हरुलाई निरन्तर दबाब दिने काम गरिरहेकोमा जिल्लामा कार्यरत पत्रकार हरुलाई खयर तस्करीका बारेमा जिल्लाका पत्रकार हरुले पनि हिट गरिदिनु पर्नेमा किन मौन हुनुहुन्छ भन्ने खालको कुरा गर्दैगर्दा पत्रकार गिरीलाई जिल्लामा कार्यरत पत्रकार हरु हरिबोल आचार्य र उत्तम चौलागाईंले फोन गरि फोन मार्फत अनेकौ धाक धम्की दिएपछी त्यसैको प्रतिवाद गर्ने क्रम मात्रै चलेको थियो । यसरी राज्यको खयर तस्करी हुँदा मनोज गिरीले पटकपटक भिडियो सहित गरेको पोस्ट , खयर तस्करी भैरहेको स्थानमै गएर तस्कर हरुले लुकाएर राखेको खयर काठलाई पत्ता लगाएर बनका कर्मचारीलाई जिम्मा लगाइदिने देखि आवस्यक कारबाहीको लागि खबरदारी गरिरहने काम गर्दा सम्म पनि जिल्लाका पत्रकार हरु मौन रहेकै कारण पत्रकार मनोज गिरीले सामाजिक संजालमा आफ्नो फेसबूक आइडि बाट प्रसंगबस तिनै मौन रहने पत्रकार हरुलाई इङ्गित गर्दै झोले पत्रकार भन्ने पोस्ट गरेको विषयलाई लिएर खोटाङ पत्रकार महासंघको ठाडो उजुरीलाई प्रहरीले दर्ता गराइदिएको थियो ।

यसैगरी गिरीलाई पक्राउ गरिएकै दिन अर्थात् असोज २० गते हलेसी महादेवको मन्दिरमा हलेसी क्याम्पस र तत्कालीन मन्दिर समितिले संयुक्त रुपमा मिति २०७३ साल मंसिरमा लगाइएको शिव महा पुराणमा आर्थिक सहयोग संकलन गर्नका लागि सर्बधन बस्नेतलाई समितिले जिम्मेवारी दिएकोमा उनै बस्नेतले एक बूक ( १०० पृष्ठ वाला ) रसिद बेपत्ता बनाएको सन्दर्भमा पत्रकार गिरीले आफ्नो फेसबूक आइडी बाट सर्बधन बस्नेत उर्फ रिठ्ठेले शिव महापुराणको एक बूक रसिद गायब गरिदिएको विषय के हो भनी पोष्टाएको विषयलाई लिएर सुरुमा सर्बधन बस्नेत , उनैको श्रीमती पवित्रा बस्नेत राई र उनैका भान्जी हरु समेत मिलेर हलेसीपाटीको कार्यालय परिसरमा पत्रकार गिरी माथी हातपात गरिएको थियो । हातपात पछि इलाका प्रहरी कार्यालय हलेसीमा भएको छलफलमा समेत पत्रकार गिरीले सर्बधन बस्नेतले एक बूक रसिद बेपत्ता बनाएको पुष्टि म गरिदिन्छु भन्दा सम्म गिरीको कुरालाई खासै मान्यता दिइएन बरु उल्टै रसिद हराउने र रसिद हराएको विषयमा पोस्ट आउदा बिहान बिहानै अर्काको घर कार्यालय घेराउ गरि हातपात गर्ने सर्बधन बस्नेतले नै जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता गराएका थिए । स्मरण रहोस् सर्बधन बस्नेतले मन्दिरको एक बूक रसिद बेपत्ता बनाएको बारे शिव महा पुराणका तत्कालिन आयोजक एवं हलेसी क्याम्पसका प्राचार्य चक्र कुमार राई र मन्दिर समितिका तत्कालीन सचीव लंकशेर राइले हलेसीपाटीलाई रेकर्ड गराउदै भनेका थिए , बस्नेतलाई त्यो समयमा आर्थिक संकलन गर्ने जिम्मेवारी दिइएकोमा एक बूक रसिद हराएको कुरा सही सत्य हो । बस्नेतलाई यो विषयमा छानबिन गर्न छानबिन समिती समेत बनाइ एक बूक रसिद खै भनी सोधखोज गर्दा जंगलमा डढेलो लाग्दा आगो निभाउन जाँदा गोजि बाट झरेर हराएको भनेर उनले जिद्दी कसेपछी उनलाई माफ मिनाहा गरिएको भनेर सुनाएका थिए । त्यसो त उनै सर्बधन बस्नेतलाई फेसबूकमा पोस्ट हान्नु अगाडि नै यदि जंगलमा आगो निभाउदा उक्त एक बूक रसिद हराएको हो भने ती रसिद हरु सँगै राखिएको गोजीमा रहेको अन्य काटिएको र नकाटिएको कयौ रसिद बूक हरु नहराएर त्यो काटिएको एक बूक रसिद मात्रै चै कसरी हरायो भन्ने गिरीको प्रश्नमा उनी त्यो बेला जवाफ बिहिन हुँदै विषयलाई विषयान्तर गरिरहेका थिए ।

साइबर अपराधको ३ वटै मुद्धामा सुनुवाइ गर्दै जिल्ला अदालत खोटाङले २०८१/०३/०२ गते गिरीलाई कसुर ठहर गरि ५ दिन कैद र ८० हजार रुपैयाँ जरिवाना गराएकोमा उक्त फैसलाको विरुद्ध गिरीले उच्च अदालत बिराटनगर , अस्थायी इजलास ओखलढुंगामा पुनरावेदन दर्ता गराइसकेका छन् ।

यसैगरी सम्मानित सर्बोच्च अदालतको आदेश बमोजिम फैसला कार्यान्वयन गर्नका लागि हलेसी महादेवका कानुनका पुजारी समेत रहेका गुठी अध्यक्ष पत्रकार मनोज गिरीले २०६२ साल मंसिर ०९ गते गुठियार पुजारी हरु सँग कागज भर्पाइ गरि लिएको हलेसी महादेवको गरगहना तथा सम्पुर्ण चल अचल सम्पत्ति र पुजाआजाको सामाग्री फिर्ता गर्नु भन्दै सर्बोच्च मुद्धा का विपक्षी समेत रहेका हलेसी महादेव मन्दिर समितिका अध्यक्ष गजुरमान राइलाई गुठी समितिको लेटरहेड र छाप प्रयोग गरि पत्र पठाइएकोमा फैसला बमोजिम इमानदार पुर्वक पुजारी हरु बाट कागज भर्पाई गरेको सामाग्री हरु फिर्ता गर्नुको साटो जिल्ला प्रहरी कार्यालय खोटाङमा उल्टो कानुनको पुजारीलाई लिखत सम्बन्धिको कसुर गरेको झुठो आरोप लगाउदै जाहेरी मिति २०८१/१०/२९ गते दिएकोमा जिप्रका ले जाहेरी दिएको ठ्याक्कै एक महिना पछि अर्थात् चैत्र १ गते सत्यलाई नजरअन्दाज गर्दै तथ्य प्रमाण नबुझी हचुवामा जाहेरी दर्ता गराई जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला सह न्यायधिवक्ता अरुण सापकोटा बाट पक्राउ अनुमति पुर्जी खडा गरि सोही दिन उनै सापकोटा बाट ०७ दिनको म्याद थप गरि हिरासतमा राखिएको थियो ।

पटकपटक म्याद थप्दै १६ दिन सम्म हिरासतमा राखेर सबै अनुसन्धान पूरा गरिसके पछि पनि पुन ०७ दिन सम्म हिरासतमै राख्ने अनुमति माग्न गएको प्रहरीलाई जिल्ला अदालतले ३ दिनभित्र मुद्धा बुझाउनु भन्दै ठाडो आदेश दिएपछी प्रहरीले सोही दिन बेलुका सरकारी वकिल कार्यालय खोटाङलाई मुद्धा बुझाउन बाध्य भएको थियो ।

जाहेरी झुठो हो भनेर स्पष्ट थाहा हुदाहुदै पनि अझ जाहेरी परेको कुरा थाहा पाउने बितिक्कै पत्रकार समेत रहेका पुजारी गिरीले जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी एवं कार्यालय प्रमुख पुरुषोत्तम खड्का लाई त्यो जाहेरी झुठो हो म कानुनको गुठियार पुजारी हुँ , वि सं १८६१ को ताम्रपत्रमै लालमोहर लगाई संस्थापना भएको उक्त हलेश्वर महादेव गुठी सनातन देखिकै पुरानो गुठी हो र उक्त गुठीको अध्यक्ष एवं संचालक भनेर महन्त मनोहर गिरीको गुठियार पुजारी हरुको प्रतिष्ठानले मिति २०८०/०७/१४ गतेको निर्णय , यसैगरी उनै महन्तका सन्तान हरुको मिति २०८०/०९/२९ गते बसेको बैठकको निर्णय , अदालतको फैसला , ताम्रपत्र लगायतका सम्पुर्ण आधार प्रमाण पेस गर्छु अनि पनि चित्त नबुझे मात्रै जाहेरी दर्ता गराई आवस्यक कारबाही चलाउनु होला भन्दाभन्दै हचुवामा जाहेरी दिएको एक महिनापछि दर्ता गराइ १६ दिन सम्म थुनाई सरकारी वकिल कार्यालय खोटाङले मुद्धा नचल्ने निर्णय गरि हिरासत मुक्त गर्न आदेश दिएपछी प्रहरीले गिरीलाई १६ दिनपछि थुना मुक्त गरिदिएको थियो । पछि सोही मुद्धालाई महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्धा नचल्ने निर्णय गरि पुजारीलाई सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार